खेल

विश्वकप क्रिकेटः इंग्ल्याण्डको विजयी शुरुवात, दक्षिण अफ्रिकाको लज्जास्पद हार

विश्वकप क्रिकेटः इंग्ल्याण्डको विजयी शुरुवात, दक्षिण अफ्रिकाको लज्जास्पद हार

काठमाडौं  । शुक्रबारदेखि शुरु भएको एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड विजयी भएको छ । बेन स्टोक्सले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्ड १०४ रनले विजयी भएको हो । ३१२ रनको लक्ष्यका साथ मैदान उत्रिएको दक्षिण अफ्रिका ३९.५ ओभरमा अल आउट हुँदै २०७ रनमै समेटियो ।

 

उसका लागि क्विन्टन डिककले ६८, रस्सी भान डर डुसेनले ५०, एन्डिले फेलुक्वायोले २४, हसिम अमलाले १३, एडिन मार्ककम र कागिसो रबाडाले ११–११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा इंग्ल्याण्डका  जोफ्रा आर्चरले ३, बेन स्टोक्स, लियाम प्लन्केटले समान २–२, मोइन अली र आदिल राशीदले समान १ विकेट लिए ।

 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनायो । उसका लागिका ४ खेलाडीले अर्धशतक बनाए । इंग्ल्याण्डका बेन स्टोक्सले ८९, कप्तान इओन मोर्गनले ५७, जोसन रोयले ५४, जो रुटले ५१, जस बटलरले १८, क्रिस ओक्सले १३ रन बनाए । लियाम प्लेन्कट ९ र जोफ्रा आर्चर ७ रनमा अविजीत रहे। बलिङमा दक्षिण अफ्रिकाका लुंगि एन्गिडीले ३, कागिसो रबाडा, इमरान ताहिरले २–२ र एन्डिले फेहलुकवायोले १ विकेट लिए ।  

एकदिवसीय विश्वकप क्रिकेट इंग्ल्याण्ड भर्सेस दक्षिण अफ्रिका

विशेष