देश

सरकारले गरेको कामको फेहरिस्त

सरकारले गरेको कामको फेहरिस्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कामकाजको विवरणसहित सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी छिन् ।

 

नयाँ बानेश्वरस्थित संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले प्रस्तुत गरेकी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकाङ्‍क्षा प्राप्‍त गर्न आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिसहितको स्पष्‍ट राष्‍ट्रिय खाका निर्धारण गरिएको उल्लेख गरिएको छ ।

 

ती राष्‍ट्रिय कार्यभार पूरा गर्न वर्तमान सरकार काम गर्दै, नतिजा ल्याउँदै र अघि बढ्दै गरेको उल्लेख छ । सरकार गठन भएयता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख गर्दै मुलुकमा सबै किसिमका सङ्‍क्रमण अन्त्य भई शान्ति र स्थायित्व कायम भएको दाबी गरिएको छ ।

 

नीति तथा कार्यक्रममा भनिएको छ, "राष्‍ट्रिय हित र स्वाभिमानको निरन्तर अभिवृद्धि गर्न सरकार कटिबद्ध छ। सरकारले सङ्‍घीय लोकतान्‍त्रिक गणतन्‍त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, शक्ति सन्तुलन र नियन्‍त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकसम्बन्धी संवैधानिक प्रबन्धहरूको कार्यान्वयन अविचलित रूपमा गर्दैछ रगर्दै जानेछ। जनताको पूर्ण लोकतन्‍त्र, सुशासन, जनउत्तरदायी राज्य, भ्रष्‍टाचारमुक्त, सभ्य र सुसंस्कृत एवं कर्तव्यनिष्‍ठ समाज निर्माण गर्न सरकार दृढ छ।  संविधानकार्यान्वयनमा सिङ्‍गो राष्‍ट्रलाई एकजुट बनाउन मेरो सरकार सफल भएको छ।"

नीति तथा कार्यक्रम

विशेष