खेल

विश्वकप क्रिकेटः वेस्ट इन्डिज र पाकिस्तान खेल्दै

विश्वकप क्रिकेटः वेस्ट इन्डिज र पाकिस्तान खेल्दै

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज पूर्वविश्व विजेता पाकिस्तान र वेस्ट इन्डिज भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ३ः१५ बजेदेखि नटिङ्घममा सुरु हुँदैछ । पाकिस्तान र वेस्ट इन्डिजबीचका पछिल्ला ५ वान डे खेलमा पाकिस्तान हाबी भएको छ । पाँच खेलमा वेस्ट इन्डिजले भने एक खेलमा मात्र जीत हासिल गरेको छ ।  

 

पाकिस्तानले सन् १९९२ मा विश्वकपको उपाधि जितेको थियो भने त्यसपछि एक पटक मात्र फाइनल प्रवेश गरेको छ । तर सुरुवाती दुई विश्वकपको उपाधि जितेको वेस्ट  इन्डिजले लगातार तीन पटक फाइनल प्रवेश गर्ने रेकर्ड बनाएको छ । वेस्ट इन्डिज सन् १९७५ र १९७९ को विश्वकप विजेता हो ।

 

वेस्ट इन्डिज  सन् १९८३ मा भारतसँग फाइनलमा पराजित भयो । पाकिस्तान र वेस्ट  इन्डिज दुवै लामो समयदेखि उपाधिको नजिकसमेत पुग्न सकेका छैनन् । विश्वकप क्रिकेटको उद्घाटन खेलमा बिहीबार इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको छ ।  

विश्वकप क्रिकेट प्रतियोगिता पाकिस्तान भर्सेस वेस्ट इन्डिज

विशेष