मुख्य समाचार

फोनी तुफान भारतको तटीय क्षेत्रमा प्रवेश गर्दै, नेपालमा आज साँझ देखिनेछ प्रभाव 

फोनी तुफान भारतको तटीय क्षेत्रमा प्रवेश गर्दै, नेपालमा आज साँझ देखिनेछ प्रभाव 

काठमाडौं । बंगालको खाडीमा सिर्जित चक्रवाती तुफान फोनी दक्षिण पूर्वी राज्य उडिसातर्फ अगाडि बडेको छ । शुक्रबार बिहानसम्ममा तुफानले तटीय क्षेत्रमा प्रभाव पारिसक्नेछ । तुफानको असरस्वरुप भारतको उडिसाको तटीयमा वर्षात शुरु भइसकेको छ । 

 

बढी क्षति हुन सक्ने तटीय क्षेत्रबाट लाखौ मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको छ । यो तुफानले भारतका विभिन्न राज्यमा कम्तिमा चार घण्टा वितण्डा मच्चाउन सक्ने भारतीय मौसम विभागले जनाएको छ । जमिनमा तुफानको गति १७५ किलोमिटरदेखि १८५ किलोमिटर प्रतिघण्टा सक्ने उल्लेख छ । यो समयमा समुद्रमा डेढ मिटरसम्मको छाल आउन सक्छ । 

 

मौसमविभागका अनुसार तुफानका कारण तटीय क्षेत्रमा आगागी २४ घण्टासम्म वर्षात हुने सम्भावना रहिरहनेछ । शुक्रबार दिनभरमा ३ सय मिलिमिटरसम्म वर्षात हुनसक्नेछ । 

 

फोनी उडिसा,आन्ध्र प्रदेश, तमिलनाडु हुँदै बंगलादेशसम्म पुग्नेछ । तुफानको प्रभाव भने नेपालमा पनि रहनेछ । शुक्रबार बेलुकादेखि पूर्वी तथा मध्य क्षेत्रमा मेघगर्जनसहितको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

विशेष