स्वास्थ्य

बर्डफ्लूबाट कसरी जोगिने? जान्नुहोस् उपाय

बर्डफ्लूबाट कसरी जोगिने? जान्नुहोस् उपाय

काठमाडौं । बि.स. २०६५ मा पहिलोपटक झापामा बर्डफ्लू देखिएको थियो । त्यसयता देशका विभिन्न भागमा पटक–पटक कुखुरामा बर्डफ्लू देखिइसकेकोछ । केही समयअघि काठमाडौंमै दुई सय ५० काग मरेका थिए । अहिले मानिसकै मृत्यु भएपछि सरकार नै झस्किएको छ । सरकारले उच्च सतर्कता अपनाउँदै सबैलाई सचेत रहन भनेको छ । 

 

बर्डफ्लुबाट कसरी जोगिने?

नियमित रूपमा राम्रोसँग साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने । 
घरवरिपरिको वातावरण पनि सफा राख्ने । 
बिरामी तथा मरेका चराचुरुंगीबाट टाढा रहने ।
बिरामी व्यक्ति र चरा नजिकै देखिए वा आफ्नो स्वास्थ्य ठीक नभएको महसुस भए छिटो स्वास्थ्य संस्थामा जाने । 

कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले हातमा ग्लोब तथा  
नाकमुखमा मास्क वा रुमाल लगाउने । 
कुखुराको मासु राम्ररी पकाएर खाने । सामान्य खाना पाक्ने तापक्रम अर्थात् ७० डिग्री –सेल्सियससम्ममा यो भाइरस पूर्ण रूपमा मर्छ । तर, मासुको सबै भागमा यो तापक्रम पुग्नुपर्छ । 
अन्डा राम्रोसँग उमालेर खान सकिन्छ । अमलेट बनाएर खाँदा पनि समस्या हुँदैन । तर, हाफ बोइल भने खान जोखिम हुन्छ । डा. विवेक लाल, प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा 

 

बर्डफ्लू  डा. विवेक लाल

विशेष