कभर स्टोरी

‘भारतको विदेश नीति देशपिच्छे फरक छ’ (भिडियोसहित)

‘भारतको विदेश नीति देशपिच्छे फरक छ’ (भिडियोसहित)

काठमाडौं । छिमेकी मुलुक भारतको विदेश नीति देशअनुसार फरक फरक हुने विज्ञहरुले उल्लेख गरेका छन् । भारतको नीतिका आधारमा नेपालले आफ्नो हित हुने गरी आफ्नै नीति तय गर्नुपर्नेमा उनीहरुको जोड छ । 

 

भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरु हुँदा उनले चिनियाँ पक्षलाई नेपालमा चिनियाँ दूतावास नखोल्न आग्रह गरेको परराष्ट्रका पूर्वसचिव डा. मदन भट्टराईले जानकारी दिए । उनले भने, ‘चीनले नेपालमा दूतावास खोल्दा अमेरिकाले पनि खोल्छ । यसकारण अमेरिकालाई यस क्षेत्रमा आउन नदिन चीन र भारत एक थिए ।’

 

नेपालले राजदूत नियुक्त गर्दा आवश्यकता र औचित्यका आधारमा तय हुनु पर्नेमा भट्टराईले जोड दिए । 


">

 

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी सत्संगमा संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्वप्रतिनिधि प्रा.डा. शम्भुराम सिंखडा, कुटनीतिक मामिलाका जानकार अरुणकुमार सुवेदीले अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयामबारे बोलेका थिए । 

 

">

विशेष