स्वास्थ्य

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी

काठमाडौं । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । 


अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियौं । यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ।’

 

मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो । यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ । यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ रहन्छ । यो सामग्री आजको नागरिक दैनिकले छापेको छ ।  

महिला–पुरुष स्मरणशक्ति

विशेष