मुख्य समाचार

योजना आयोगमा सूची बुझाउनु ‘मिस्टेक’ भयो–प्रधानमन्त्री 

योजना आयोगमा सूची बुझाउनु ‘मिस्टेक’ भयो–प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ का लागि योजनाको सूची योजना आयोगमा पठाउनु मिस्टेक भएको बताएका छन् । 

 


आफ्नै सचिवालयका एक सदस्यले बुझाएको सूचीबारे आफू जानकार नरहेको उनले दोहोर्याएका छन् । यो विषयमा आफूले दुःखी भएको र आफ्नो जानकारीबिना त्यस्तो भएको भन्ने स्पष्टोक्ति दिइसकेपछि पनि अरु कसैले बोकिरहनु स्वभाविक नहुने उनले स्पष्ट पारेका छन् ।

 

 
पत्रकारहरुसँगको कुराकानीका क्रममा शनिबार उनले भने, ‘म अन्तर्गको निकायबाट भएको भूल हो । यो मृत विषय भइसकेको छ । यसलाई फेरि उचालिरहन आवश्यक छैन ।’

 

प्रधानमन्त्री ओलीले दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि वर्तमान सरकार कटिबद्ध रहेको उल्लेख गरेका छन् । वर्तमान वर्ष आधार वर्ष भएको दावी गर्दै आउँदो आर्थिक वर्षमा सुधार हुने उनले स्पष्ट पारे । 

 

पूँजीगत खर्च बढाउने, बेरुजु कम गर्ने विषयमा पनि सरकार गम्भीर रहेको उनले जानकारी दिए । 
 

विशेष