खेल

आइपीएलः मुम्बईसँग कोलकाता पराजित, यी हुन् ‘प्लेअ‍फ’ मा पुग्ने टिम

आइपीएलः मुम्बईसँग कोलकाता पराजित, यी हुन् ‘प्लेअ‍फ’ मा पुग्ने टिम

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा ‘प्लेअफ’ मा पुग्ने ४ टिमको टुंगो लगोको छ । आइतबार राति मुम्बई इन्डियन्सले कोलकाताला नाइट राइडर्सलाई हराउँदै प्लेअफमा पुग्ने ४ टिमको टुंगो लागेको हो । अन्तिम ४ मा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद पुग्न सफल भएका छन् । समूह चरणको अन्तिम खेलमा आइतबार राति मुम्बईले कोलकातालाई ९ विकेटले हरायो ।

 

१३४ रनको लक्ष्य पाएको मुम्बईले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि क्विन्टन डि ककले ३०, कप्तान रोहित शर्माले ५५ र सूर्यकुमार यादवले नटआउट ४६ रन बनाए । बलिङमा कोलकाताका प्रशिद्ध कृष्णाले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो । उसका लागि क्रिस लिनले ४१, रोविन उथप्पाले ४०, नितीश राणाले २६ रन बनाउनु बाहेक अन्यले दोहोरो रनसमेत जोड्न सकेनन् । बलिङमा मुम्बई लसिथ मलिंगाले ३जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुई–दुई विकेट हात पारे । जीतसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

 

मुम्बईको जीतले हैदरावादको भाग्य चम्किँयो 
मुम्बईसँग कोलकाता पराजित हुँदा हैदरावादले प्लेअफको इलिमिनेटरमा मौका पाएको छ । अब क्यालिफायरको पहिलो राउण्डमा चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, इलिमिनेटर राउण्डमा दिल्ली र हैदरावाद भिड्ने छन् । 


 

इन्डियन प्रिमियर लिग आइपीएल

विशेष