खेल

विश्वकपको मुखैमा भारतीय टिमलाई झड्का

विश्वकपको मुखैमा भारतीय टिमलाई झड्का

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट अघि भारतीय क्रिकेट टिमलाई ठूलो झड्का लागेको छ । अलराउण्डर केदार जाधव घाइते भएपछि विश्वकपको मुखैमा भारतीय टिमलाई झड्का लागेको हो । उनी जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को आइतबार राति किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा घाइते भएका हुन् । 

 

चेन्नई सुपर किंग्सबाट खेलिरहेका जाधव घाइते भएपछि आइपीएलका बाँकी खेल गुमाउने भएका छन् । मोहलीमा पन्जावसँगको खेलमा जाधवले १४औं ओभरमा निकालोस पुरनको बललाई जोगाउने क्रममा डाइभ लगाएका थिए । त्यसक्रममा उनको बायाँ काँधमा चोट लाग्यो । घाइते भएलगत्तै उनी मैदान बाहिरिएका थिए ।

 

चेन्नईका प्रशिक्षक स्टिफन प्लेमिङले जाधवको चोटबारे जानकारी दिँदै भनेका छन्, ‘केदारलाई लागेको चोट गम्भीर छ । सायद अब उनले आइपीएलका बाँकी खेल गुमाउने छन् । उनको चोटबारे थप एक्सरे र एमआरआई रिपोर्ट आएपछि मात्र जानकारी दिन सकिने छ ।’ यदि उनी गम्भीर घाइते भए जाधवको ठाउँमा विश्वकपमा ऋषभ पन्त वा अम्बाती रायडूले मौका पाउन सक्ने छन् । आउँदो ३० मेदेखि इंग्ल्याण्डमा शुरु हुने विश्वकपमा भारतले पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ । 

भारतीय क्रिकेट टिम एकदिवसीय विश्वकप केदार जाधव

विशेष