खेल

आइपीएलः रैनाले बनाए नयाँ कीर्तिमान, तोडियो शिखरको रेकर्ड

आइपीएलः रैनाले बनाए नयाँ कीर्तिमान, तोडियो शिखरको रेकर्ड

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सका सुरेश रैनाले नयाँ कीर्तिमान बनाएका छन् । उनले आइपीएलमा सर्बाधिक अर्धशतक प्रहार गर्ने पहिलो भारतीय बन्दै नयाँ कीर्तिमान बनाएका हुन् । रैनाले शिखर धवनको ३७ अर्धशतकको रेकर्ड तोडेका हुन् ।

 

आइतबार किंग्स इलाभेन पन्जावविरुद्ध ५३ रन प्रहार गरेसँगै रैनाले आइपीएलमा ३८औं अर्धशतक पूरा गरे । यद्यपि उनले डेबिड वार्नरको रेकर्ड भने तोड्न सकेका छैनन् । आइपीएलमा वार्नरको सर्बाधिक ४४ अर्धशतकको रेकर्ड छ । उनले ११६ खेलमा ४४ अर्धशतक प्रहार गरेका हुन् । 

 

इन्डियन प्रिमियर लिग शिखर धवन सुरेश रैना

विशेष