देश

ठेक्कामा विलम्ब हुन नदिइने

ठेक्कामा विलम्ब हुन नदिइने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारको क्षमतानुसार मात्र ठेक्का दिइने बताएका छन् ।

 

मुलुकको विकासनिर्माणको स्थिति बिग्रेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब ठेकेदारको क्षमतानुसार मात्र ठेक्का दिइने बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “अब विकास निर्माणमा विलम्ब स्वीकार्य हुँदैन, ठेक्का लगाउँदा मूल्यको प्रतिस्पर्धा होइन, समय र गुणस्तरको प्रतिस्पर्धा हुनुपर्छ, यसमा सरकार गम्भीर ढङ्गबाट अघि बढ्छ ।”

विशेष