संघीय समाचार प्रदेश ४

पोखरामा ‘इन्जोय जोन’ बनाइदै, जहाँ यौन क्रियाकलापसमेत गर्न पाइन्छ

पोखरामा ‘इन्जोय जोन’ बनाइदै, जहाँ यौन क्रियाकलापसमेत गर्न पाइन्छ

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने भएको छ । अर्को अर्थमा बुझ्ने हो भने 'रेडलाइट एरिया' सञ्चालन गर्न लागिएको हो जहाँ जाने ब्यक्तिले मनोरञ्जनका लागि ईच्छा यौन क्रियाकलापसमेत स्वतन्त्र रुपमा गर्न पाउने छन् ।

 

पोखरा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यलेप्र देश सरकारले ९ करोड रुपैयाँ लागतमा ‘इन्जोय जोन’ बनाउन लागेको हो । निजि कम्पनीलाई चौबिसै घण्टा सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्र नजिक ‘इन्जोय जोन’ बनाउने तयारी गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

 

उक्त क्षेत्रमा यौन क्रियाकलापसमेत स्वतन्त्र रुपमा गर्न पाइनेछ भने प्रहरी प्रशासनले हस्तक्षेप गर्दैन । ‘इन्जोय जोन’ निर्माण भईसकेपछि विश्वका अन्य पर्यटकीय मुलुकहरुमा हुने सम्पूर्ण गतिविधि पोखरामा पनि हुने विश्वास प्रदेश सरकारको रहेको छ ।

विशेष