मुख्य समाचार

प्रधानमन्त्री ओलीेले आज संसदमा जवाफ दिँदै 

प्रधानमन्त्री ओलीेले आज संसदमा जवाफ दिँदै 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने छन् । आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।

 

नीति तथा कार्यक्रमको अन्तर्वस्तु भन्दा पनि प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको भाषा शैलीको विपक्षी दलका सांसदले चर्को आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा गएको आइतबारदेखि छलफल भइरहेको छ। आजको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले जबाफ दिने र दोश्रो बैठकले नीति तथा कार्यक्रम पारित प्रक्रिया सुरु हुने छ ।

 

संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले जबाफ दिएपछि प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गरिने छ । आजै नीति तथा कार्यक्रम पारित हुने सम्भावना रहेको संसद सचिवालय श्रोतले जनाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टीले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
 

प्रधानमन्त्री केपी शर्मा ओली नीति तथा कार्यक्रम

विशेष