स्वास्थ्य

कसरी बनाउँन सकिन्छ गर्मीमा छालालाई चमकदार?

कसरी बनाउँन सकिन्छ गर्मीमा छालालाई चमकदार?

काठमाडौं । गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । अनुहारमा डण्डीफोर, राता दाग आदि देखिन्छन् । घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ। त्यसको लागि चामलको पिठोलाई रातभर भिजाउनुस् । बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस् । यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस् । १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ । यसो गर्दा अनुहारमा चमक आउँने गर्छ। यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि छुटकारा मिल्छ।

 

यसबाहेक अर्को विधि पनि छ । त्यसको लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस् । यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ। त्यसपछि निमको पात राखेको पानीले धुनुस् । यसले पनि अनुहारको चमकलाई बढाउँछ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

गर्मी मौसम छाला चमकदार

विशेष