आज अक्षय तृतीया, सातु सर्वत दान गरे ऐश्वर्य प्राप्त हुने
काठमाडौं । आज अक्षय तृतीया अर्थात हिन्दुहरुको विशेष यो पर्व सातु, सर्वत खुवाएर मनाइँदैछ । मानिसहरुलाई सातु, सर्वत खुवाएमा वा दान गरेमा ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ । अनादिकालदेखि नै आजको दिनलाई शुभ मुहुर्तका रुपमा पनि लिइन्छ ।
भविष्यपुराणका अनुसार यहि दिनदेखि सत्ययुग र त्रेता युगको शुरु भएको थियो । भगवान ब्रम्हाका पुत्र अक्षयकुमार पृथ्वीमा अवतरण भएको दिन भएकोले यस दिनलाई अक्षय तृतीयाका रुपमा बुझ्ने गरिन्छ । यस दिन भगवान परशुराम, नरनारायणको पनि जन्म भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।