मुख्य समाचार

सरकारले जनतालाई विश्वास दिलाउन सकेन भने खतराको घण्टी बज्छ –अध्यक्ष दाहाल 

सरकारले जनतालाई विश्वास दिलाउन सकेन भने खतराको घण्टी बज्छ –अध्यक्ष दाहाल 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन संस्थागत गर्न सरकारले र जनप्रतिनिधिले जनहितमा काम गर्नुपर्ने बताएका छन् । 

 

सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मंगलबार संसदमा बोल्दै अध्यक्ष दाहालले यस्तो धारणा राखेका हन् । दाहालले भने, ‘यो परिवर्तन परिपक्व हँुदै जान्छ । विकास र समृद्धिको सपना जनताले देखेका छन् । जनताले हामीतिर हेरिरहेका छन् । नेतृत्व र जनप्रतिनिधिले राम्रो काम गर्न नसके खतराको घण्टी बज्न सक्छ ।’

 

अध्यक्ष दाहालले  एक वर्षको अवधिमा सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणका लागि गरेको प्रयासको प्रशंसा गरे । पहिलो वर्षलाई आधार वर्षका रुपमा गरेको काम सुखद रहेको उनले दावी गरे । वैदेशिक सम्बन्ध सन्तुलित बनाउनका लागि वर्तमान सरकारले उल्लेखनीय काम गरेको अध्यक्ष दाहालले जिकिर गरे । 
 

विशेष