खेल

तीन पटकको विजेता मुम्बई आइपीएलको फाइनमा, चेन्नई ६ विकेटले पराजित

तीन पटकको विजेता मुम्बई आइपीएलको फाइनमा, चेन्नई ६ विकेटले पराजित

काठमाडौं । तीन पटकको विजेता मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएकाे पहिलो क्वालिफायरमा गत विजेता चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई आइपीएलको फाइनल प्रवेश गरेको हो ।

 

एमए चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनायो । उसका लागि अम्बाती रायडूले सर्बाधिक नट आउट ४२, कप्तान महेन्द्रसिंह धोनीले अविजित ३७, मुरली विजयीले २६, शेन वाट्सनले १०, फाफ डुप्लेसीले ६ र सुरेश रैनाले ५ रन बनाए । बलिङमा मुम्बईका राहुल चाहरले २, जयन्त यादव र कुणाल पाण्ड्याले एक–एक विकेट हात पारे । 

 

१३२ रनको लक्ष्यका साथ मैदान प्रवेश गरेको मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले १० चौकाको मद्दतमा ५४ बलमा नट आउट ७१ रन बनाए । यस्तै, इशन किशनले २८, रोहित शर्माले ४, क्विन्टन डी ककले ८ र हार्दिक पाण्ड्याले अविजित १३ रनको योगदान दिए । बलिङमा चेन्नईका इमरान ताहिरले २, हरभजन सिंह र दीपक चहरले एक–एक विकेट लिए । चेन्नईले अब फाइनल पुग्न आज हुने हैदराबाद र दिल्लीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । 

इन्डियन प्रिमियर लिग मुम्बई भर्सेस चेन्नई

विशेष