कभर स्टोरी

जीवन र मृत्युको युद्ध सदा चलिरहन्छ, मात्र एक पटक मृत्युले जित्दा जीवन समाप्त (भिडियोसहित)

जीवन र मृत्युको युद्ध सदा चलिरहन्छ, मात्र एक पटक मृत्युले जित्दा जीवन समाप्त (भिडियोसहित)

अनन्तश्री विभूषित विश्व शान्तिदूत राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्यजी महाराज धर्म, ज्योतिष, योगका विषयमा गहिरो ज्ञान राख्नुहुन्छ । नेपालआजसँग कुराकानी गर्दै ज्योतिषाचार्यले यस्ता धेरै विषय उल्लेख गर्नुभएको छ जुन धर्ममा, नैतिकतामा र आदर्शमा विश्वास राख्नेहरुका लागि महत्वपूर्ण हुन सक्छ । 

 

महाराजजीको मतमा जीवन र मृत्युको संघर्ष मानवशरिरले हरक्षण गरिरहेको हुन्छ । मृत्युसँगको युद्ध लगातार भइरहन्छ । मात्र एक युद्ध हार्ने बित्तिकै जीवन समाप्त हुन्छ । मृत्युलाई एक पटक जित्दा सधैभर जीवन सुरक्षित हुँदैन । तर मृत्युले एक पटक मात्रै जित्दा मानिसको जीवन समाप्त हुन्छ । 

 

मानवजातीले नश्वर कुरामा आफ्नो खुसी खोज्छ । के कुरामा खुसी हुनुपर्ने हो त्यो थाहा नपाई चानचुन विषयमा खुसी हुन्छ । आज ८४ प्रतिशत हिन्दु भएको देशमा पवित्र बागमती नदी फोहोर भएको छ । मानिसको अज्ञानता, अशिक्षा, अचेतनाका कारण यस्तो भएको महाराजजीको दावी छ । 

 

रावण त्रिलोक विजयी थिए । सुनको दरबारमा बस्थे । तर उनले धर्मको दूरुपयोग गरे । सुनकै घरमा बसे पनि अतृप्ति रह्यो । जसका कारण उनको साम्राज्य समाप्त भयो । दूर्योधनमा पनि दूर्गुण बढी भयो । राज्यको सुख सुविधाले अतृत्प्त हुँदा उनको पनि दूर्गति भयो । 

">

सत्कर्मले कमाएको  धन मात्रै वास्तविक जीवनमा काम लाग्छ । 

 

कुकर्मको फल सबैले पाउनु पर्छ । सत्ययुगमा पनि दण्डविधान थियो । गौतमऋषिकी पत्नी अहिल्यालाई देवताका राजा इन्द्रले बलात्कार गरे । अहिल्याले इन्द्रको शरिरमा एक हजार योनी हुने श्राप दिइन् । 

 

हजारवटा योनी बोकेर इन्द्र हिँड्नु पर्यो । यो त मानिसलाई मृत्यु दण्ड दिए भन्दा पनि ठूलो सजाय भयो । यस्तो अपमान बोकेर हिँड्न कसले सक्छ । इन्द्रले सजाय पाए । यसकारण अपराध जसले गरे पनि सजाय हुन्छ । 

 

कानुनले सजाय दिन सकेन भने पनि मानिसलाई इश्वरले सजाय दिन्छन् । मानिसले पर्यावरणसँग खेलवाड गर्दा प्राकृतिक विपत्ति आउछ । सतकर्मको फल राम्रो हुन्छ । गलगत कार्यको फल नराम्रै हुन्छ । 
">

विशेष