खेल

आइपीएलः सन्दीपआवद्ध दिल्लीले आज हैदरावादको सामना गर्दै

आइपीएलः सन्दीपआवद्ध दिल्लीले आज हैदरावादको सामना गर्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा इलिमिनेटर खेल अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि बिशाखापटनम स्थित डा. राजाशेखारा क्रिकेट रंगशालामा शुरु हुँदैछ । आजको विजेता टिमले फाइनलमा पुग्नका लागि १० मेमा चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

 

पहिलो क्वालिफायरमा मुम्बईसँग हारेपछि महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले  दोस्रो क्वालिफायर खेल्नु परेको हो । लिग चरणमा भएका दुई खेलमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका छन् । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो । 

 

दिल्ली र हैदरावादको विगत
आइपीएलमा दिल्ली–हैदरावाद एकआपसमा १४ पटक भिडेका छन् । जसमा ९ खेलमा हैदरावादले र ५ खेलमा दिल्लीले जीत निकालेको छ । विशाखापट्टनम रंगशालामा अहिलेसम्म यी दुई टिमबीच एक पटक मात्र खेल भएको छ । १८ अप्रिल २०१५ मा भएको सो खेलमा दिल्लीले हैदरावादलाई ६ विकेटले पराजित गरेको थियो ।

 

विशाखापट्टनममा हालसम्म आइपीएलका ११ खेल भएका छन् । जसमा ७ खेलमा पहिला ब्याटिङ गर्नेले जीतेको छ । हैदावादको यो दोस्रो घरेलु मैदान हो । यहाँ २०१६ यता आइपीएलको कुनै पनि खेल भएको छैन । हैदरावादले  विशाखापट्टनममा ५ मध्ये ३ खेलमा जीत हासिल गरेको छ । दिल्लीले भने यो मैदानमा ३ खेल खेलेको छ । जसमा उसले २ खेल हाफ्नो पक्षमा पारेको छ ।  

इन्डियन प्रिमियर लिग इलिमिनेटर खेल दिल्ली भर्सेस हैदरावाद

विशेष