खेल

सन्दीपआवद्ध दिल्ली आईपीएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि धोनीको टिमसँग भिड्ने

सन्दीपआवद्ध दिल्ली आईपीएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि धोनीको टिमसँग भिड्ने

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत एलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादालाई २ विकेटले पराजित गरेको छ । यो जीतसँगै दिल्ली आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले घरेलु मैदानमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो ।

 

उसका लागि मार्टिन गुप्टिलले ३६, मनीष पाण्डेले ३०, केन विलियम्सनले २८, विजय शंकरले २५ र मोहम्मद नाबीले २० रन बनाए । बलिङमा दिल्लीका किमो पउलले ३, इशान्त शर्माले २, अमित मिश्रा र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए । १६३ रनकासाथ जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.५ ओभरमा लक्ष्य पूरा गर्यो । उसका लागि पृथ्वी शाले ५६, ऋषभ पन्तले ४९, शिखर धवनले १७, कालिन मुनरोले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

 

बलिङमा हैदरावादका राशिद खान, भुवनेश्वर कुमार, खलिल अहमदले २–२ र दिपक हूडाले एक विकेट लिए । दिल्लीले पहिलो पटक प्लेअफको खेल जितेको हो । अब उसले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा शुक्रबार चेन्नई सुपर किंग्ससँग हैदरावादमा भिड्ने छ । 

इन्डियन प्रिमियर लिग सन्दीप लामिछाने

विशेष