सर्वोच्चको चियापानमा राष्ट्रपति भण्डारी सहभागी
काठमाडौं। राष्ट्रपति विद्या भण्डारी कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान कार्यक्रममा राष्ट्रपति भण्डारी पनि पुगेकी छन् ।
बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमा आयोजित चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्वतन्त्र न्यायालयलाई अक्षुण्ण राख्न पनि कानुन दिवसले हौसला प्रदान गर्ने गरेको पनि बताए । सर्वोच्च अदालतले हरेक वर्ष बैंशाख २६ गते कानुन दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।