प्रचण्ड-सीताले गरे दोस्रो पटक विवाह (तस्वीरसहित)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीकी जीवन संगिनी सीता दाहालबीच पुनःविवाह भएको छ ।
मागी विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा बिहिबार उनका परिवारले बाबुआमाबीच दोस्रो पटक विवाह गराइदिएको हो । कास्की ढिकुरपोखरीमा जन्मेका अध्यक्ष दाहालले छिमेकी गाउं हेङ्जाकी सीतांसग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए ।