खेल

नेशन्स लिग फुटबलको उपाधि पोर्चुगलले जित्यो 

नेशन्स लिग फुटबलको उपाधि पोर्चुगलले जित्यो 

काठमाडौंः नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको हो । फाइनल खेलमा ६० औँ मिनेटमा गोन्सालो ग्युडेसले पोर्चुगलका लागि निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा बेर्नार्डो सिल्भाको पासमाा ग्युडेसले गरेको गोल नै उपाधिका लागि पर्याप्त भयो ।

 

नेदरल्यान्ड्सले पहिलो हाफबाटै बल पोजेसन राम्रो बनाएपनि गोल गर्न सकेन ५८ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेको नेदरल्यान्ड्सले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा उपाधिबाट बिखुम भयो । यो प्रतियोगितामा म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका बेर्नार्डो सिल्भा प्लेयर अफ द टुर्नामेन्ट भए । ।

पोर्चुगल नेशन्स लिग फुटबल

विशेष