अष्ट्रेलियाका वैज्ञानिकहरुको विशेष खोजः इन्टरनेट धेरै चलाउँदा मस्तिष्कमा हुनसक्छ यस्तोसम्म
इन्टरनेटको बढी प्रयोगले हाम्रो दिमागमा परिवर्तन आउन सक्छ। जसका कारणले ध्यान, स्मरणशक्ति र सामाजिक सम्पर्क प्रभावित हुनसक्छन्।
यो रहस्य अस्ट्रेलियामा गरिएको एक अध्ययनले खुलासा गरेको हो। वर्ल्ड साइकाइट्री जर्नलमा प्रकाशित उक्त शोधका अनुसार इन्टरनेटले ज्ञानको विशेष क्षेत्रमा तीव र दीर्घकालीन परिवर्तन गर्न सक्छ।
ब्रिटेनको अक्सफोर्ट र अमेरिकाको हार्वर्ड विश्विद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धार इन्टरनेटले कसरी सुक्ष्म रूपमा परिवर्तन ल्याउँछ भन्ने विषयलाई आधार बनाए उक्त शोध गरिएको हो। यो अनुसन्धान मनोवैज्ञानिक, मनोचिकित्सा र न्युरोइमेजिङ शोधबमोजिम आएको निष्कर्षका आधारमा तयार पारिएको हो।
इन्टरनेटबाट दिमागमा असर
अस्ट्रेलियाको वेस्टन सिड्नी विश्वविद्यालयका सिनियर रिसर्च फेलो जोसेफ फर्थका अनुसार अनुसन्धानका क्रममा इन्टरनेट धेरै प्रयोग गर्दा दिमागका धेरै भागहरू प्रभावित हुने गर्दछन्। उदाहरणका लागि इन्टरनेट प्रयोगका क्रममा लगातार आउने नोटिफिकेसन र सूचनाले हाम्रो ध्यान त्यसतर्फ खिच्छ। जसका कारण कुनै एउटा काममा ध्यान लगाउने क्षमता प्रभावित हुन्छ।
अनुसन्धान प्रतिवेदनमा लगातार इन्टरनेट चलाउँदा दिमागको संरचना, कार्य र संज्ञानात्मक विकासमा कस्तो प्रभाव पर्छ भन्ने पनि उल्लेख गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जालका साथै अनलाइन प्रविधिको विकासले अभिभावकका साथै शिक्षकविद्हरू पनि चिन्तित भएको पनि उल्लेख छ।
डब्ल्युएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) इन्टरनेट प्रयोगबारे गाइडलाईन बनाएको छ। डब्ल्युएचओले सन् २०१८ मा सानासाना बालबालिकालाई १ घण्टाभन्दा धेरै स्क्रिनको सम्पर्कमा नराख्न भनेको थियो।
तर, पछिल्लो शोध भने वयस्कहरूमाथि गरिएको थियो। उक्त शोधबाट वयस्क व्यक्तिहरूको मस्तिस्कमा पनि इन्टरनेटले गहिरो प्रभाव पर्ने भेटिएको हो। अझै युवामा इन्टरनेटको प्रयोगबाट हुने फाइदा र बेफाइदाका बारेमा अनुसन्धान गर्न जुरुरी छ।
रिसर्च फेलो जोसेफ फर्थले बालबालिकालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउनका लागि अरू धेरै अनुसन्धानको आवश्यकता रहेको बताउँछन्। अभिभावकलाई पनि आफ्ना बच्चाबच्चीलाई डिजिटल डिभाइसको प्रयोगबाट टाढै राख्न सुझाव दिन्छन। अभिभावकले बालबालिकाको शारीरिक गतिविधिहरूमा ध्यान दिँदा राम्रो हुने उनको भनाइ छ। एजेन्सी ।
विश्व स्वास्थ्य संगठन मस्तिष्क