महाभारतको गुमनाम कथाः आगोमा भष्म भए धृतराष्ट्र, गान्धारी र कुन्ती
महाभारतको युद्धमा कौरव पक्षको हारपछि युधिष्ठिर राजा बने। यसपछि धृतराष्ट्र र गान्धारी पनि पान्डवसँगै बस्न थाले। उनीहरूको हेरविचार कुन्तिले गर्थिन्।
तर भीम धृतराष्ट्रलाई तानमार्थे। करिब १५ वर्षसम्म यस्तै चलिरह्यो। एक दिन धृतराष्ट्र र गान्धारीले वनप्रस्थान अर्थात् वनमा गएर तप गर्ने निश्चय गरे र महलबाट निस्किए। कुन्तीले पनि उनीहरूसँगै जानु उचित सोचिन्।
उनीहरू तीनै जना वनप्रस्थान गरेको करिव तीन वर्षपछि नारद मुनि युधिष्ठिरसामु पुगे। युधिष्ठिरले नारदलाई उचित आदार-सत्कार गरे। युधिष्ठिरलाई थाहा थियो नादरसँग तीनै लोकको खबर हुन्छ भन्ने। त्यसपछि युधिष्ठिरले उनलाई धृतराष्ट्र, गान्धारी र आफ्नी आमा कुन्ती कहाँ छन् भनेर सोधे।
नारद मुनिले युधिष्ठिरलाई भने, 'धृतराष्ट्र, गान्धारी र कुन्ती हरिद्वारमा तपस्या गरिरहेका थिए। एक दिन गंगामा स्नान गरे आश्रम फर्किँदै थिए, त्यति नै बेला वनमा भीषण आगलागी भयो। शारीरिक दुर्वलताले उनीहरू बाँच्नका लागि त्यहाँबाट भाग्ने स्थितिमा रहेनन्। त्यसपछि उनीहरूले त्यहीँ आफ्नो प्राण त्याग गर्ने विचार गरेर एकाग्रचित्त भएर बसे। त्यहिँ नै धृतराष्ट्र, गान्धारी र कुन्तीको मृत्यु भयो।'
उनीहरूको मृत्युको खबरले पान्डवहरूको महलमा शोक फैल्यो। सबैलाई दुःखी देखर देवर्षि नारदले सबैलाई सान्त्वना दिए। युधिष्ठिरले विधिपूर्वक सबैको श्राद्ध कर्म गरेर दान-दक्षिण दिएर उनीहरूको आत्मा शान्तिको संस्कार गरे।
महाभारत