स्वास्थ्य

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्ने थपिए ५१ संस्था

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्ने थपिए ५१ संस्था

काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ५१ वटा स्वास्थ्य संस्था थपिएका छन्। स्वास्थ्य परीक्षणको काम गर्न आवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थामध्ये मापदण्ड पुगेका ५१ संस्थालाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले मापदण्ड पुगेका ५१ सहित दुई सय ७७ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नेछन्। यसअघि दुई सय २६ संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए।

मन्त्रालयले गत चैत १३ गते सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थालाई सूचीकणका लागि आवेदन मागेको थियो। कामदारको स्वास्थ्य परीक्षण गर्न राजधानीका नाम चलेको ठूला अस्पतालदेखि गाउँघरका साना अस्पतालसमेत सूचीकरणमा परेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

वैदेशिक रोजगार स्वास्थ्य परीक्षण

विशेष