स्वास्थ्य

यसकारण त्यागौँ धूमपान

यसकारण त्यागौँ धूमपान

काठमाडौंः सुर्तीजन्य पदार्थमा मानिसको स्वास्थ्यमा असर गर्ने हजारौँ रसायन हुन्छन्। जसमध्ये निकोटिन सबैभन्दा हानिकारक रसायन हो। जुन रसायनका क्यान्सर गराउँछ। धूमपानको कारण फोक्सो, श्वासप्रश्वास प्रणालीमा सुरुमै असर देखापर्छ। बिस्तारै शरीरका आँखा, मुख, पेट, श्वासनली र दिमागलगायत अंगमा असर पुर्याउँदै जान्छ। धूमपान गर्नेमा मात्र नभई वरपरका मानिसमा पनि यसले असर पुर्याउँछ। गर्भवती भएको घरमा परिवारका अन्य सदस्यले धूमपान गरेमा पेटभित्रको बच्चाको स्वास्थ्य प्रभावित बनाउँछ।

 

जसले गर्दा बच्चा कम तौलको जन्मने, खेर जाने र शारीरिक तथा मानसिक विकासमा अवरोध आउने हुन्छ। धूमपानले मानिसको आयु छोट्याउँदै लाग्छ। चुरोट पिउनेमध्ये ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुने गर्छ।निकोटिनको लत हिरोइन र रक्सीको भन्दा पनि कडा हुने भएकाले अजिलै छोड्न सकिँदैन। चुरोट सेवन गर्ने महिलामा महिनावारी गडबडी समस्या हुन्छ। छाला पुश्रो, पहेँलो र खुम्चिने हुन्छ। कतिपय अबस्थामा छालामा रगत नपुगेर तन्किने सम्भावना हुन्छ। विस्तारै स्वाद थाहा पाउने र सुँघ्न सक्ने शक्तिमा ह्रास आउन थाल्छ। यो समाचार नयाँ पत्रिका दैनिकमा डा.सागर रिमालले लेखेका छन्।

धूमपान सुर्तीजन्य पदार्थ

विशेष