कभर स्टोरी

क्याबिनेटको निर्णय तुरुन्तै विदेशी दूतावास पुर्‍याउने दलाल नेताले बिगारे देश (भिडियोसहित)

क्याबिनेटको निर्णय तुरुन्तै विदेशी दूतावास पुर्‍याउने दलाल नेताले बिगारे देश (भिडियोसहित)

काठमाडौं । राजेन्द्र थापा,  प्रशिद्ध गीतकार, साहित्यकार हुनुहुन्छ । उहाँका धेरै गीतहरु कालजयी छन् । नेपाली सेनाका अवकासप्राप्त जनरल थापा राजनीतिमा पनि गहिरो चासो राख्नुहुन्छ । 

 

नेपालआजसँगको कुराकानीका क्रममा थापाले नेपालको राजनीति  वास्तविक अर्थमा राजनीति हुन नसकेको बताउनु भयो । जागिर खान एउटा पियनले जाँच  दिनु पर्ने तर नेता हुन कतै पनि जाँच दिन नपर्ने यस्तो व्यवस्थालाई उनले राजनीतिको संज्ञा पनि दिनुभएन । 

 

स्थानीय तहमा राजनीतिक झण्डा लिएर चुनाव लडाउने थिति नै गलत भएको उहाँ बताउनुहुन्छ । उनले स्थानीय तह राजनीति मुक्त र विकासका लागि मात्रै हुनु पर्ने उनको भनाइ छ । थापाले स्थानीय तहमा जनप्रतिनिधिले ७०–८० लाखको गाडी चढ्ने गरेको दृष्टान्तलाई आश्चर्य मान्नुभएको छन् । वल्ल घर, पल्लो घर गर्नका लागि त्यस्तो फजुल खर्च गरिनु नहुने उहाँको बुझाइ छ । 

 

https://www.youtube.com/watch?time_continue=559&v=ee5ayl5n8QE

 

राजनीतिक नेतृत्व र कर्मचारी घुस्याहा हुन्छन् भने त्यो देशको अवनति निश्चित भएको उहाँ बताउनुहुन्छ ।  क्याविनेट बैठक हुँदाहुँदै भारतमा फोन गर्ने मन्त्रीहरु पनि नेपालमा रहेको उहाँले उल्लेख गर्नुभयो । दूतावासमा सहुलियत लिने नेताका कारण डर भएको हो । 

 

नेपालमा राजनीति दलभित्रै विदेशी दलालहरु रहेको उहाँले दावी गर्नुभयो । अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन धुर्मुससुन्तलीअगाडि बढ्ने र सरकारपछि लागेको दृश्यले यो देशको अधोगति प्रस्तुत गर्ने थापाले विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, ‘भोलि धुर्मुस सुन्तलीले चीनको रेल ल्याइदिन्छौं भन्ने घोषणा गरे भने चन्दा उठाउन थाल्ने ?’

 

अहिले नेपालमा राणा शासनमा जस्तै मनोनित ढंगले मानिसलाई नेता, हाकिम बनाइन्छ भने त्यहाँको स्थिति राम्रो हुने सम्भावना नरहने उनले टिप्पणी गर्नुभयो । 

विशेष