अमिताभको ट्विटर कस्ले गर्यो ह्याक ?

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमबार राति ह्याक भएको छ। अमिताभको एकाउन्ट ह्याकको जिम्ममा पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी 'अयिल्दिज टिम'ले लिएको छ।
उनको ट्विटर एकाउन्टमा पाकिस्तान र टर्कीसँग जोडिएका सन्देशहरू पोस्ट गरिएका छन्। ह्याकरले अमिताभको ट्विटर एकाउन्टको बायोसमेत बदलिदिएका छन्। अमिताभको प्रोफाइल फोटोको ठाउँमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्विर अपलोड गरिदिएका छन्।
अमिताभ ट्विटरमा निकै नै सक्रिय देखिन्छन्। ट्विटरमा उनका ३.७४ करोड फलोअर रहेका छन्। यद्यपि पछि अमिताभको ट्विटर रिकभर गरेर ती सबै ट्विट हटाइएको छ।
अमिताभ बच्चन