मुख्य समाचार

रौतहटमा बस र ट्रक ठोक्किँदा २ भारतीयको मृत्यु, २१ जना घाइते

रौतहटमा बस र ट्रक ठोक्किँदा २ भारतीयको मृत्यु, २१ जना घाइते

रौतहटः रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा २ जना भारतीय तीर्थयात्रीको ज्यान गएको छ । लुम्बिनीबाट तीर्थयात्री बोकेर गएको बस पौराही बागमतीमा रोकिराखेको समयमा ट्रकले ठक्कर दिँदा २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतको ओडिसाका ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजयकुमार जेना रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हाे ।

 

ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार मध्यरातमा सोही दिशाबाट आउँदै गरेको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा अन्य २१ जना घाइते भएका छन् । घाइते २१ मध्ये १२ जना सामान्य उपचारपछि फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर विजय श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका तीन जनाको वीरगञ्जको न्यूरो अस्पतालमा र अन्य ६ जनाको रौतहटको स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।

दुर्घटना मृत्यु

विशेष