खेल

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई ठूलो झड्का, महत्वपूर्ण खेलाडी घाइते  

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई ठूलो झड्का, महत्वपूर्ण खेलाडी घाइते  

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको खेल अघि अष्ट्रेलियालाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण सदस्य एवं अलराउन्डर मार्कस स्टोइनिस घाइते भएपछि अष्ट्रेलियालाई  झड्का लागेको हो । भारत विरुद्धको खेलमा स्टोइनिसको मांसपेशी तन्किएको थियो ।

 

जाँच गर्दा पनि उनमा त्यो समस्या फेला परेपछि केही खेलमा स्टोइनिस टिममा हुने छैनन् । उनको स्थानमा अर्का अलराउन्डर मिचेल मार्सलाई टिममा मौका दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्टोइनिसले ९ जूनमा भारतसँगको खेलमा कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीको विकेट लिएका थिए । ब्याटिङमा भने उनी शून्य रनमै आउट भएका थिए । 

मार्कस स्टोइनिस विश्वकप क्रिकेट अष्ट्रेलिया

विशेष