सन्दीपले किने नयाँ ‘बुलेट बाइक’

काठमाडौंः नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले नयाँ मोटरसाइकल (बुलेट बाइक) किनेका छन् । उनले मंगलबार बुलेट कम्पनीको सो रुमबाट ३५० सीसीको क्लासिक गन मोडलको ‘बुलेट बाइक’ किनेका हुन् । मेटल ग्रे कलरमा रहेको यो बाईकको नेपाली बजारमा ५ लाख १५ हजार रुपैयाँ पर्छ ।
अष्ट्रेलिया तीन साता बसेर फर्किएको अर्को दिन नै सन्दीपले बाइक किनेका हुन् । उनको यो तेस्रो बाइक हो । यसअघि सन्दीपले ‘बिएमडब्लु कम्पनी’ को ३१० आर मोडलको ३१३ सिसीको बाइकको किनेका थिए । नेपाली बजारमा उक्त बाइकको मूल्य ९ लाख ७५ हजार रूपैयाँ पर्छ। उनीसँग टाटाले दिएको नेक्सस कार पनि छ ।
सन्दीप लामिछाने मोटरसाइकल