कैलाली–कञ्चनपुरमा फेरि हावाहुरी, सचेत रहन मौसमविद्को आग्रह
कैलालीः सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बुधबार बिहानैदेखि हावाहुरीसहित पानी परेको छ । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण आज सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी परेको हो । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण आज सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी पारेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
यसअघि बिहीबार कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीले कैलालीमा २ जनाको मृत्यु भएको थियो । साथै दुवै जिल्लामा गरी सयभन्दा बढी घाइते भएका थिए। सुदूरपश्चिममा तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन ।
कैलाली कञ्चनपुर हावाहुरी