खेल

सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा मेस्सी

सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा मेस्सी

एजेन्सीः अर्जेन्टिनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन् । अमेरिकाको चर्चित बिजनेस म्यागाजिन ‘फोब्र्स’ ले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो स्थानमा मेस्सी परेका हुन् । फोब्र्सका अनुसार मेस्सीको बार्षिक कमाई एक सय २७ मिलियन अमेरिकी डलर छ । दोस्रो स्थानमा पोर्चुगीचका स्टार क्रिस्टियानो रोनाल्डो  छन् ।

 

रोनाल्डोको कमाई बार्षिक एक सय ९ मिलियन अमेरिकी डलर छ । तेस्रो स्थानमा रहेका ब्राजिल एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारको कमाई पनि एक सय ९ मिलियन डलर रहेको छ । चौथो स्थानमा मेक्सिकोका बक्सर कानेलो अल्भारेज छन् । उनको कमाई ९४ मिलियन डलर रहेको छ ।

 

पाँचौं स्थानमा स्वीस टेनिस स्टार रोजर फेडेररको कमाई ९३.४ मिलियन, छैटौं स्थानमा रहेको अमेरिकन फुटबलर रुसेल विल्सनको ८९.५ मिलियन र सातौं स्थानमा रहेका अमेरिकाकै फुटबलर आरोन रोड्जर्सको ८९.३ मिलियन अमेरिकी डलर छ । यसैगरी बास्केटबलका लेब्रोन जेम्सको ८९ मिलियन सहित आठौं र बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५.४ मिलियन डलर सहित शीर्ष १०मा अटाएका छन् । 

लियोनल मेस्सी अर्जेन्टिना

विशेष