Technology

संसारकै पहिलो इलेक्ट्रिकल ट्याक्सी वोलोकोप्टरको सफल परीक्षण, आगामी वर्षदेखि उडान भर्ने

संसारकै पहिलो इलेक्ट्रिकल ट्याक्सी वोलोकोप्टरको सफल परीक्षण, आगामी वर्षदेखि उडान भर्ने

ड्रोन टेक्नोलोजीमा आधारित संसारकै पहलो इलेक्ट्रिक ट्याक्सीको सफल परीक्षण गरिएको छ। यो ट्याक्सी आगामी वर्ष आकाशमा उड्दै गरेको देखिने छ।

यसलाई वोलोकोप्टर नाम दिइएको छ। यसको निर्माण गर्ने जर्मन कम्पनीको भनाइमा पहली म्यान्ड ट्याक्सी हो, जुन सिधा टेकअफ र ल्यान्डिङ गर्न सक्ने क्षमता राख्द छ। यसमा सुरक्षाको पनि राम्रो व्यवस्था गरिएको छ। हरेक उडानपूर्व रोबोटले यसको ब्याट्री परीक्षण तथा अदल-बदल गर्दछ।

गत महिना बर्लिनमा भएको ग्रिनटेक फेस्टिवलमा यो ट्याक्सी आकर्षणको केन्द्र बनेको थियो । यो फेस्टिवलमा पूर्व फोर्मूला वन विश्व च्याम्पियन निको रोसबर्गले सुरु गरेका थिए। यो इलेक्ट्रिक ट्याक्सीको लक्ष्य अघिल्लो १० वर्षमा हरेक घण्टा १० लाख मानिसहरूलाई यात्रा गराउनु रहेको छ। सुरुमा यसले २७ किमीसम्म दुई जना यात्रीलाई बोक्न सक्ने बताइएको छ।

रोसबर्गका अनुसार आगामी वर्षसम्ममा उक्त ट्याक्सी यात्रु ओसार्नका लागि तयार हुने छ। यसलाई पहिला दुबई, सिंगापुर र जर्मनजस्ता शहरबाट सुरु गरिने छ। यसले ट्याक्सी सेवामा क्रान्तिकारी बदालव ल्याउने उनी बताउँछन्। यो एकदमै सस्तो पनि हुनेछ। साथै ट्याक्सीमा लाग्ने खर्चबाटै यसको उपयोग गर्न सकिने छ।

यही वर्षदेखि उबर कोप्टर सुरु

ट्याक्सी सेवा दिइरहेको कम्पनी उबरले जुलाई ९ बाट उबर कोप्टर सेवा सरु गर्न जनाएको छ। मिडिया रिपोर्टका अनुसार यो सेवा पहिला न्युयोर्कबाट सुरु हुनेछ। यसको फाइदा सबैभन्दा पहिला प्लेटिनम र डायमन्ड स्टेसन रिवार्ड पाएकालाई उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रतिव्यक्ति उडान खर्च न्यूनतम १४ हजार देखि १६ हजारको बीचमा हुनेछ। एजेन्सी ।

इलेक्ट्रिक ट्याक्सी वोलोकोप्टर

विशेष