मनोरञ्जन

पत्रकार ऋषि धमला अब मोडलिङतर, देखिए यस्तो भूमिकामा (भिडियो)

पत्रकार ऋषि धमला अब मोडलिङतर, देखिए यस्तो भूमिकामा (भिडियो)

काठमाडौं : चर्चित पत्रकार ऋषि धमला मोडलिङतिर सक्रिय हुन थालेका छन् । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमला पिताको भूमिकामा देखिएका छन् ।

 

नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् । भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् भने यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् ।

 

गीतले विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथा बालेको छ । गीतको रचनाकार जोया श्रेष्ठ हुन् । धमलाले म्युजिक भिडियोमा मोडलिङ गरेको यो पहिलोपटक भने होइन । उनले केही गीतमा अभिनय गरिसकेका छन् ।

ऋषि धमला

विशेष