मनोरञ्जन

यस्तो आयो ‘बाहुबली’ फेम एक्टर प्रभासको साहोको टिजर

यस्तो आयो ‘बाहुबली’ फेम एक्टर प्रभासको साहोको टिजर

‘बाहुबली’ फेम अभिनेता प्रभास अभिनित नयाँ चलचित्र साहोको टिजर सार्वजनिक भएको छ ।

 

बहुप्रतिक्षित रहेको फिल्म साहोको टिजर एक्नसले भरिपूर्ण देखिन्छ। चलचित्रको कथावस्तुको विषयमा टिजरमा खासै केही खुलाइएको छैन ।

 

गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुर मुख्य भूमिमा देखिँदै छन् ।

 

१.३९ मिनेटको टिजरमा नायक प्रभासको एक्सन अवतारले दर्शकलाई उत्साहित बनाएको छ । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ । प्रभाषले साउथको बजारसँग बलिउडमा पनि हंगामा मच्चाउने तयारी गरेका छन् । अगष्ट १५ मा यो चलचित्र रिलिज हुँदैछ ।

साहो

विशेष