कभर स्टोरी

अलैँचीका रेसा : सीप जान्नेलाई गतिलो पेशा

अलैँचीका रेसा : सीप जान्नेलाई गतिलो पेशा

 

काठमाडौँ । भनिन्छ ‘इण्डिया भन्दा आइडिया ठूलो । ’ आइडिया अर्थात जुक्ति, जसले लगाउँछ जुक्ति उसकै हुन्छ भक्ति । अलैँचीका बोटलाई पनि जुक्ति लगाए उपयोगमा ल्याउन सकिने उदाहरण पेश गरेकी छिन् पूर्वको विकट ताप्लेजुङकी एक महिलाले ।

 

हुन त अलैँचीलाई खोल्साको सुन वा कालो मोती पनि भनिन्छ । तर खोल्साबाट सुन निकालेर फालेपछि खेर गएको अलैँचीको बोटको रेसा पनि माया गुरुङले उपयोगी बनाएकी छिन् । विभिन्न कलात्मक सिर्जनाबाट । अरुले परालबाट सामग्री बनाएको देखेकी गुरुङले अलैँचीका रेसाबाट पनि नरम र आकर्षक सामग्री बनाउन सकेकी छिन् ।

 

उनको उत्कट चाहना पूरा गर्न जिल्ला घरेलु कार्यालयले२०६८ सालमा वनस्पतिको रेसा प्रशोधन गर्ने तालिम दियो । उनै मायाले चन्दन फाइबर उद्योग सञ्चालन थालिन । अलैँची टिपेर फालिएको बोट भेला पार्ने, रेसा निकाल्ने, सामग्री बनाउने कामका लागि यतिबेला अहिले १० जनाको रोजीरोटी मात्र बनेको छैन आकर्षक सामग्री पनि उत्पादन हुन थालेको छ ।

 

अलैँचीका खेर गएका सामग्रीबाट गुन्द्री, टेबल म्याट, लेडिज साइड ब्याग, पर्स , मेनु कभर लगायत सामाग्री उत्पादन हुन्छ । महत्वपूर्ण पक्ष के हो भने उद्योगमा कच्चा पदार्थ सित्तैमा मिल्छ । माया गुरुङ भन्छिन् –‘ यो आयुर्वेदिक हिसाबले पनि महत्वपूर्ण छ । अनि यो दीर्घकालसम्म चल्छ । ’

 

पूर्वी पहाडका पाँचथर, तेहथुम, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ लगायतका जिल्लामा पनि अलैंची खेती हुन्छ । यसै सन्दर्भमा हामीले माया गुरुङसँग अलैँचीका रेसाबाट उत्पादन हुने सामग्रीबारे जानकारी लिएका छौँ । हेर्नुहोस भिडियो

 

विशेष