Technology

परराष्ट्रमन्त्रीले भने, ‘अनेक कम्पनीको स्वार्थको लडाइँमा मिडिया किन लाग्छन् ?’

परराष्ट्रमन्त्रीले भने, ‘अनेक कम्पनीको स्वार्थको लडाइँमा मिडिया किन लाग्छन् ?’

काठमाडौं । विवादास्पद फ्रान्सेली कम्पनी थेल्स ग्रुपसँग गर्ने भनिएको स्याटेलाइट खरिद सम्झौता तत्कालका लागि नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा उक्त सम्भmौता गर्ने तयारी थियो । 

 

प्रधानमन्त्त्रीको भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल सम्झौता नहुने बताए । 

 

‘हामी अध्ययन गरेर मुलुकको हितमा हुने काम गर्छौं’मन्त्री ज्ञवालीले भने, ‘अनेक कम्पनीका स्वार्थको लडाइँमा किन मिडिया लाग्छन् ?’ भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको उक्त ग्रुप अरु पनि विवादमा मुछिएको समाचार यसअघि सार्वजननिक भएको थियो । 


कान्तिपुर दैनिकबाट     

विशेष