संघीय समाचार प्रदेश ४

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको मुख्य चुनौती

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको मुख्य चुनौती


दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा  मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्ने बताउनुभयो । 
 


अहिलेको शिक्षा प्रणाली महँगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र पूर्वाधार निर्माण चुनौतीको विषय रहेको बताउनुभयो । अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै अहिलेको शिक्षा प्रणालीले प्रमाणपत्रधारी विद्यार्थी मात्रै उत्पादन गरेको उहाँले बताउनुभयो ।

 

मुख्यमन्त्री गुरुङले प्राविधिक जनशक्ति उत्पादनका लागि गण्डकी प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने पनि जानकारी दिनुभयो । 


योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा एक करोड ६० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । फाउण्डेशनका नेपाल प्रतिनिधि सुवास सिंहले भवन निर्माणका लागि विद्यालयकोतर्फबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । १६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयले जनाएको छ । 

विशेष