फिफा वरियतामा नेपाल ४ स्थान घटुवा, शीर्षमा बेल्जियम यथावत्
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वरियताक्रम सार्वजनिक गरेको छ । फिफा वरियतामा नेपाल ४ स्थान घटुवा हुँदै १ सय ६५ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो ।
दक्षिण एसियामा नेपालभन्दा माथि भारत १ सय १ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा छन ।
नेपालभन्दा तल्लो वरियतामा बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तान रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थान यथावत छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो स्थानमा छन् ।