वेष्ट इण्डिजबाट २१३ रनको लक्ष्य पेश
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई दुई सय १३ रनको लक्ष्य पेश गरेको छ । साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४४ ओभर चार बलमा दुई सय १२ रनमा अलआउट भयो । वेष्ट इन्डिजले चार रनमैँ पहिलो विकेट गुमाएको थियो ।
उसका इवेन लुइस मात्र दुई रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि क्रिस गेल र सेइ होपले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हालने प्रयास गरेका थिए । तर गेल ३६ रनमा आउट हुँदा वेष्ट इन्डिजले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।
वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६३ तथा आन्द्रे रसेलले २१ रन बनाउँदा कप्तान जेसोन होल्डर नौ रनमा आउट भए । इंग्ल्याण्डका जोफ्रा आर्चरले लगातार दुई बलमा दुई विकेट लिएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो । अन्ततः वेष्ट इन्डिज दुई सय १२ रनमा समेटियो ।
बलिङमा इंल्याण्डमा जोफ्रे आर्चर र मार्क उडले तीन/तीन विकेट लिए ।