जुस पसलमा घुस, पैसा गन्दागन्दै वन अधिकृत पक्राउ

दाङ । दाङमा एक जुस पसलबाट घुस लिँदालिँदै डिभिजन वन कार्यालयका वन अधिकृत पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाह पक्राउ परेका हुन् ।
उनलाई घुस लिँदालिँदै अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। शाहले सेवाग्राहीसँग २० हजार घुस लिएका थिए । सामुदायिक वन दर्ता सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ।