मनोरञ्जन

नेपाली फिल्म 'पासवर्ड'को सन्नी फिचर्ड 'आजको साम' सार्वजनिक, भिडियो

नेपाली फिल्म 'पासवर्ड'को सन्नी फिचर्ड 'आजको साम' सार्वजनिक, भिडियो

काठमाडौं : बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनी फिचरिङ रहेको नेपाली गीत सार्वजनिक गरिएको छ । चलचित्र पासवर्डमा समावेश भएको गीत 'आजको साम' बोलको गीतमा सन्नीसाग कलाकार विक्रम जोशीले ठुम्का लगाएका छन्।

अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा दुर्गा खरेलको स्वर छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी भरेका छन् । सिमा गुरुङको कथामा निर्मित सिनेमालाई सम्राट बस्नेतले निर्माण गरेका हुन् ।

अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमा भदौ २७ मा रिलिज हुँदैछ।

सन्नी लियोन पासवर्ड

विशेष