Technology

गुगललाई हुवावेको चुनौती, एन्ड्रोइडभन्दा ६० प्रतिशत 'फास्ट' आफ्नै अप्रेटिङ सिस्टम ल्याउँदै

गुगललाई हुवावेको चुनौती, एन्ड्रोइडभन्दा ६० प्रतिशत 'फास्ट' आफ्नै अप्रेटिङ सिस्टम ल्याउँदै

एन्ड्रोइड अप्रेटिङ सिस्टममा प्रतिवन्द लगाएपछि हुवावेले आफ्नो छुट्टै अप्रेटिङ सिस्टम निर्माण गर्ने तयारी गरेको छ। उक्त अप्रेटिङ सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत तीव्र गतिमा काम गर्ने समाचारमा जनाइको छ।

हुवावेले निर्माण गरिरहेको उक्त अप्रेटिङ सिस्टमको नाम हंगम्याङ दिइएको छ। यद्यपि अहिलेसम्म मोबाइल अप्रेटिङ सिस्टमको गति परिक्षण प्रविधि भने विकास भइनसकेकाले यसले कति तीव्रताका साथ काम गर्छ भन्ने एकिनसाथ भन्न नसकिने भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ।

समाचार विवरणहरूमा जनाइअनुसार जियोमी र भिभिलगायतका चिनियाँ मोबाइल निर्माता कम्पनीहरूले हुवावेले निर्माण गरेको  अप्रेटिङ सिस्टमको परीक्षण गर्न आफ्ना कर्मचारी पठाएको छ। यी कम्पनीहरूले आफ्ना मोबाइलमा अहिलेसम्म गुगलको एन्ड्रोइड अप्रेटिङ सिस्टमको प्रयोग गर्दै आइरेका छन्।

चाइना डेलिका अनुसार हुवावेले आफ्ना एक मिलियन मोबाइल फोनमा आफ्नो नयाँ अप्रेटिङ सिस्टम होङम्याङ अपडेट गर्ने तयारी गरेको छ। अमेरिकी टेक्नोलोजिसँगको सम्बन्ध तोडिएपछि हुवावेले अत्यान्त छोटो समयमा आफ्नै अप्रेटिङ सिस्टम निर्माण गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुवावेले निर्माण गरेको नयाँ अप्रेटिङ सिस्टम यो वर्षको अन्त्य अगाडि नै प्रयोगमा आउने छ। हुवावेले अहिले आफ्नो एप ग्यालरी पनि निर्माण गर्न लागेको छ जसले गुगलको प्लेस्टोरलाई ठूलो चुनौति दिने बताइएको छ।

हुवावे

विशेष