मुख्य समाचार

पप्पु कन्स्ट्रक्शनलाई कारबाही गर्न विकास समितिको निर्देशन

पप्पु कन्स्ट्रक्शनलाई कारबाही गर्न विकास समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विवादित पप्पु कन्स्ट्रक्शनलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको सो कम्पनीले पुल निर्माणमा गम्भीर त्रुटि गरेकाे भन्दै  कारवाही गर्न निर्देशन दिएको हो ।

 

पुलको काम अघि नबढाउन निर्देशन दिँदा दिँदै पनि अटेर गरि निर्माण काम बढाइरहेकाले कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको छ । २०७१ सालमा ठेक्का लिई पूल निर्माणमा रहेको पप्पूको कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेको छैन । समितिले तिनकुने पुलमा देखिएको प्राबिधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ ।

 

समिति सभापति कल्याणी खड्काको नेतृत्वमा समिति सदस्यहरु, विज्ञ र समिति सचिवालयका कर्मचारीहरु समेतको टोलीले गत जेठ २ गते पुलको स्थलगत अवलोकन गरेको थियो । 

 

अनुगमनको क्रममा २९.५ मिटर गहिरो ‍‍(लम्बाई)का १६ वटा ९१,२०० मिलीमिटर पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र दुई वटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्वद्ध कर्मचारीले जनाएका थिए।

 

निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिए पश्चात काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन  दिएको थियो । तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ । 

पप्पु कन्स्ट्रक्सन कम्पनी

विशेष