खेल

विश्वकपः वेस्ट इन्डिजलाई हराउँदै दोस्रो स्थानमा उक्लियो इंग्ल्याण्ड

विश्वकपः वेस्ट इन्डिजलाई हराउँदै दोस्रो स्थानमा उक्लियो इंग्ल्याण्ड

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । शुक्रबार राति वेस्ट इन्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर जो रुटले शतक बनाए । उनले ११ चौकाको मद्दतमा ९४ बलमा नट आउट १०० रन बनाएका हुन् ।

 

जारी संस्करणमा यो उनको दोस्रो शतक हो । यसअघि रुटले पाकिस्तानसँगको खेलमा शतक बनाएका थिए । यस्तै, इंग्ल्याण्डको जीतमा जोनी बेयरिस्टोले ४५, क्रिस ओक्सले ४० र बेन स्टोक्सले नट आउट १० रनको योगदान दिए । बलिङमा वेस्ट इन्डिजका शानोन ग्राबियलले २ विकेट लिए । 

 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड ४४.४ ओभरमा २१२ रनमै समेटियो । उसका लागि निकोलस पूरनले ६३, सिमरोन हिटमायरले ३९, क्रिस गेलले ३६, आन्द्रे रसेलले २१, कार्लोस ब्रेथवेटले १४, साइ होपले ११ र जसन होल्डरले ९ रन बनाए । जोफ्रा आर्चर, मार्क उडले ३–३, जो रुटले २, क्रिस ओक्स र लायम प्लेङ्कटले एक–एक विकेट लिए । जीतसँगै इंग्ल्याण्ड ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता वेस्ट इन्डिज भने ३ अंक मात्र बटुलेर तालिकाको छैठौं स्थानमा छ ।

विश्वकप क्रिकेट वेस्ट इन्डिज भर्सेस इग्ल्याण्ड जो रुट

विशेष