कोपा अमेरिकाः ब्राजिलको शानदार विजयी सुरुवात

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गर्न सफल भयो । उसको जीतमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राजिलले ५० औँ मिनेटमा पेनाल्टी पायो । फिलिप कोन्टिन्होले त्यसलाई सदुपयोग गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यसको तीन मिनेटपछि उनले हेड मार्फत सुन्दर गोल गोल गरेर अग्रता दोब्बर पारे । एभर्टन सोएरिसले ८५ औँ मिनेटमा गोल गरेपछि ब्राजिल उद्घाटन खेलमा ३–० ले विजयी भयो । विश्वको पुरानो फुटबल प्रतिस्पर्धा कोपा अमेरिका ब्राजिलमा सुरु भएको हो ।
कोपा अमेरिका ब्राजिल भर्सेस बोलिभिया