खेल

विश्वकप क्रिकेटः अष्ट्रेलियाको लगातार तेस्रो जीत

विश्वकप क्रिकेटः अष्ट्रेलियाको लगातार तेस्रो जीत

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई ८७ रनले हराउँदै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति लण्डनको ओभल क्रिकेट मैदानमा ३३५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको श्रीलंका ४५.५ ओभरमा २४७ रनमै समेटियो । उसका लागि कप्तान दिमुथ करुणारत्नेले ९ चौकाको मद्दतमा १०८ बलमा ९७ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै, कुसल परेराले ५२, कुसल मेडिन्सले ३०, लाहिरु थिरिमने, धनन्जय डि सिल्भाले समान १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ४, केन रिचर्डसनले ३, प्याट कमिन्सले २ र जसन बेहनड्रफले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनायो । उसका लागि ओपनर एवं कप्तान आरोन फिन्चले १५ चौका र ५ छक्काको मद्दतमा १३२ बलमा १५३ रन बनाए ।

 

यस्तै स्टिभ स्मिथले ७३, ग्लेन म्याक्सवेलले नट आउट ४६, डेभिड वार्नरले २६, उस्मान ख्वाजाले १०, शन र्मासले ३, एलेक्स केरीले ४ र मिचेल स्टार्कले अविजीत ५ रनको योगदान दिए । बलिङमा इशुरु उडाना, धनन्जय डि सिल्भाले २–२ र लसिथ मलिंगाले एक विकेट लिए । 

विश्वकप क्रिकेट श्रीलंका भर्सेस अष्ट्रेलिया

विशेष